Shikhar Insurance
National Life

जनतालाई सुशासन, रोजगारी र उत्पादन बढाउन अहिलेको सरकारले सकेन : माधव नेपाल

सिंहदरबार संवाददाता
२०८१ माघ ४, शुक्रबार १७:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले जनअपेक्षा पूरा गर्न नसकेको बताएका हुन् । शुक्रबार काठमाडौंमा विपक्षी दलहरुको पत्रकार सम्मेलनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले जनतालाई सुशासन, रोजगारी दिन र उत्पादन बढाउन अहिलेको सरकारले नसकेको बताए । उनले सरकार असफल भएको भन्दै सरकारका क्रियाकलापहरु पनि सन्तोषजनक नरहेको जानकारी दिए । उनले अहिलेको सरकारले संविधानलाई पूर्ण रुपमा बेवास्ता गरेको बताए । उनले संविधान संशोधन गर्न भनेर ०८७ सम्म अहिलेका प्रधानमन्त्रीलाई टिकाइदिनुपर्ने ? भन्दै प्रश्न गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अध्यक्ष नेपालले सरकारका कामको आलोचना गर्नुको मतलव विकल्पमा तयार छौँ भन्ने नरहेको जिकिर गरे । सरकारले सदनलाई बेवास्ता गरेको खण्डमा विपक्षी दलहरुले सडक संघर्ष गर्ने बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्