काठमाडौं । भन्सार विभागले पुस महिनामा ४० अर्ब राजस्व असुल गरेको छ । विभागले गतवर्षको पुस महिनाको तुलनामा ७ अर्ब बढि राजस्व असुल गरेको हो ।
विभागले पुस महिनामा ४६ अर्ब ३४ करोड राजस्व उठाउने लक्ष्य लिएको थियो । लक्ष्यको तुलनामा ६ अर्ब कम राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को पुस महिनामा ३३ अर्ब ९ करोड राजस्व संकलन गरेको थियो ।
पोहोर पुसमा विभागले ५४ अर्ब ४५ करोड लक्ष्य राखेको थियो । चालु वर्षको साउन महिनामा ३४ अर्ब ६९ करोड, भदौ महिनामा ३९ अर्ब ५६ करोड, असोज महिनामा ३८ अर्ब ८१ करोड, कार्तिक महिनामा ३३ अर्ब ८८ करोड र मंसिर महिनामा ३९ अर्ब ३३ करोड राजस्व असुल गरेको थियो ।
विभागले चालु वर्षको पुस महिनासम्म २ खर्ब २६ अर्ब २८ करोड राजस्व संकलन गरेको छ । यद्यपी लक्ष्यको तुलना विभाग निकै पछि परिसकेको छ । चालु वर्षको पुस महिनासम्म विभागले २ खर्ब ८० अर्ब ३९ करोड राजस्व असुल गर्ने लक्ष्य राखेको थियो । हालसम्म विभाग लक्ष्यको तुलनामा ५४ अर्ब ११ करोडले पछि परिसकेको छ । यस हिसाबले भन्सार विभागले चालु वर्ष लक्ष्य नभेट्ने लगभग पक्का जस्तै भेसकेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लक्ष्य पुरा हुनेगरी काम गर्न कर्मचारीहरुमाथी निरन्तर दाबाब बढाइरहेका छन् । चालुवर्ष धेरै राजस्व प्राप्त हुने डिजेल पेट्रोल ग्याँसको आयात बढ्न सकेको छैन। पेट्रोलियम गाडीको तुलनामा विद्युतिय गाडीमा छुट दिदाँ राजस्व संकलनमा निरन्तर गिरावट आइरहेको छ । यस्तै, विदेशी मुद्राको संचिति बढेर गएपनि आयात बढ्न नसक्दा सरकारले भन्सारमा राखेको राजस्व लक्ष्य पुरा गर्न सक्ने देखिदैन ।
प्रतिक्रिया दिनुहोस्