काठमाडौं । नेपाली बजारमा सुनको भाउ बढ्ने क्रमले निन्तरता पाएको छ । मंगलबार ३ सय रूपैयाँले बढेको सुनको मूल्य बुधबार ४ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावल सुन प्रतितोला ४ सय रुपैयाँ महंगिएर ९२ हजार २ सय रूपैयाँ कायम भएको छ । यस्तै तेजावी सुनको मूल्य ९१ हजार ७ सय तोकिएको छ ।
सुनको मूल्य बढ्दा चाँदी १० रूपैयाँ सस्तो बनेर १३ सय २० रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्