Shikhar Insurance
National Life

पाँच महिनामा निर्माण क्षेत्रमा बैंकहरुले गरे १ खर्ब ९१ अर्ब लगानी, कुनकाे कति ?

सिंहदरबार संवाददाता
२०८१ माघ ४, शुक्रबार १४:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । पछिल्लो केही वर्षदेखि निर्माण क्षेत्र नेगेटिभ ग्रोथमा छ । आर्थिक शिथिलता सँगसँगै सरकारबाट पाउनुपर्ने भुक्तानी नपाएकाले पनि यो क्षेत्र चलायमान हुन सकिरहेको छैन । पछिल्लो समय बैंकहरूले निर्माण क्षेत्रका आयोजनाहरूमा लगानी बढाएका छन् ।

चालु आवको मंसिर महिनासम्म २० वाणिज्य बैंकहरूले निर्माण क्षेत्रमा १ खर्ब ९१ अर्ब २० करोड ४९ लाख रुपैयाँ लगानी गरेका छन्, जुन गत आवको सोही अवधिको तुलनामा ३.८५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकहरुले निर्माण क्षेत्रमा १ खर्ब ८४ अर्ब १० करोड रुपैयाँ लगानी गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

निर्माण क्षेत्रमा सबैभन्दा धेरै लगानी गर्ने बैंकमा नबिल बैंक पहिलो नम्बरमा परेको छ । बैंकले निर्माण क्षेत्रमा २४ अर्ब ७० करोड ३३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस्तै, निर्माण क्षेत्रमा सबैभन्दा धेरै लगानी गर्ने बैंकहरुमा दोस्रो नम्बरमा लक्ष्मी सनराइज बैंक रहेको छ, जस्ले निर्माण क्षेत्रमा १८ अर्ब ५५ करोड २० लाख रुपैयाँ लगानी गरेको छ ।

त्यस्तै, चालु आवको मंसिर महिनासम्म निर्माण क्षेत्रमा एनआईसी एशिया बैंकले १८ अर्ब १४ करोड ६७ लाख रुपैयाँ, त्यस्तै, कुमारी बैंकले १६ अर्ब ३४ करोड ६६ लाख रुपैयाँ, प्रभु बैंकले १४ अर्ब १७ करोड ४९ लाख रुपैयाँ, कृषि विकास बैंकले १२ अर्ब ६३ करोड २० लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकले ११ अर्ब ९४ करोड ६३ लाख रुपैयाँ लगानी गरेका छन् ।

त्यसैगरी, निर्माण क्षेत्रमा सिटिजन्स बैंककोे ११ अर्ब ७५ करोड ४४ लाख, स्टान्डर्ड चार्टर्ड बैंकको ८ अर्ब ५२ करोड ९७ लाख, ग्लोबल आइएमई बैंकको ८ अर्ब २८ करोड ७१ लाख, माछापुच्छ्रे बैंकको ७ अर्ब २१ करोड २० लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७ अर्ब ११ करोड, सानिमा बैंकको ६ अर्ब ८६ करोड २२ लाख, एनएमबी बैंकको ६ अर्ब ५ करोड ८३ लाख रुपैयाँ निर्माण क्षेत्रमा लगानी गरेका छन् ।

त्यस्तै, सिद्धार्थ बैंकले ४ अर्ब ६८ करोड ८५ लाख रुपैयाँ, नेपाल बैंकले ३ अर्ब ६६ करोड ९२ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ४० करोड ७० लाख रुपैयाँ, एभरेष्ट बैंकले ३ अर्ब २८ करोड ७० लाख रुपैयाँ, हिमालयन बैंकले २ अर्ब ११ करोड ४० लाख रुपैयाँ र नेपाल एससबीआई बैंकले १ अर्ब ७२ करोड २३ लाख रुपैयाँ लगानी गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्