Shikhar Insurance
National Life

सहारा विकास बैंकले लाभांश दिने

सिंहदरबार संवाददाता
२०७८ असार २३, बुधबार ११:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । सहारा विकास बैंकले सेयरधनीलाई लाभांश बाँड्ने भएको छ । बैंकले विगत तीन आर्थिक वर्षको सञ्चित नाफाबाट लाभांश घोषणा गरेको हो ।

बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५, २०७५/७६ र आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित नाफाबाट कूल ५.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांशमा चुक्ता पूँजीको ५.०५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२७ प्रतिशत नगद समावेश छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्