काठमाडौं । सरकारले चालु आर्थिक वर्षको पुस महिनामा ३५ आयोजनाका लागि ४ अर्ब ९९ करोड ९१ लाख २५ हजार रुपैयाँको प्रत्यक्ष विदेशी लगानी प्रतिवद्धतालाई स्वीकृत गरेको छ ।
उद्योग विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार कागजी प्रक्रियामार्फत ४ अर्ब ७४ करोड ७७ लाख २० हजार रुपैयाँ र अटोमेटिक रुटबाट २५ करोड १४ लाख ५ हजार रुपैयाँको प्रतिवद्धता स्वीकृत गरेको हो ।
सरकारबाट स्वीकृत प्राप्त गरेका आयोजनाबाट १ हजार ७१ जनालाई रोजगारी प्रदान हुने तथ्यांकमा उल्लेख छ । स्वीकृत प्राप्त वैदेशिक लगानी प्रतिवद्धतामध्ये सबैभन्दा बढी साना उद्योगतर्फ ३३, मध्यमतर्फ १ र ठूलो उद्योगतर्फ १ रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्