काठमाडौं । अघिल्लो साता हरियाली भएको बजार यो साता भने पहिरो नै गएको छ । विभिन्न राजनितिक दलका उच्च पदस्थ अधिकारीहरुले माघ १५ अगावै ओली सरकार ढल्ने ठोकुवा गरेको हल्लाले लगानीकर्ताको मनोबल कमजोर भएको हो । यो साता ४ दिन कारोबार हुँदा ३ दिन बजार घटेको थियो भने एक कारोबार दिन मात्रै बजार बढेको थियो ।
अघिल्लो साता ४८.८६ अंकले बढेको बजार यो साता भने ४६.४७ अंकले घटेर २५८८.६२ को बिन्दुमा पुगेको छ । बजार राताम्मै भएसँगै कारोबार रकममा पनि गिरावट आएको छ । यो साता ४ करोड ४३ लाख ८७ हजार ३ सय ३८ कित्ता सेयर किनबेच हुँदा २२ अर्ब ४० करोड ७४ लाख ८ हजार २ सय ३६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस्तो छ साताको सेयर बजार :
साताको पहिलो कारोबार दिन अर्थात पुस २८ गते सेयर बजार २५.४१ अंकले घटेर २६०९.६७ को बिन्दुमा पुगेर बजार बन्द भएको थियो ।
आइतबार ३ सय १ कम्पनीको ८० लाख २१ हजार ६ सय ३१ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड ७९ लाख ९ हजार ३ सय २३ रुपैयाँ बराबरको कारोबार भएको थियो । आइतबार सरकार परिर्वतन हुने हल्लाले सबै उपसूचकहरु राताम्मै भएको थियो । आइतबार ४३ कम्पनीको सेयर मूल्य बढ्दा १९४ कम्पनीको सेयर मूल्य घटेको थियो भने ६ कम्पनीको सेयर मल्य स्थिर रहेको थियो ।
साथै, सो दिन २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो भने एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको थियो ।
साताको दोस्रो कारोबार दिन अर्थात पुस २९ गते सेयर बजार १५.५४ अंकले घटेर २५९४.१३ को बिन्दुमा पुगेर बजार बन्द भएको थियो ।
सोमबार ३ सय २२ कम्पनीको १ करोड ३८ लाख ७० हजार ५ सय ७९ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६५ करोड ८ लाख ८३ हजार १ सय ३ रुपैयाँ बराबरको कारोबार भएको थियो । सो दिन ६३ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ७५ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको सेयर मल्य स्थिर रहेको थियो ।
साथै, सो दिन १ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो २ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको थियो ।
साताको चौथो कारोबार दिन अर्थात माघ २ गते सेयर बजार १.८३ अंकले बढेर २५९५.९६ को बिन्दुमा पुगेर बजार बन्द भएको थियो ।
बुधबार २ सय ९९ कम्पनीको १ करोड ७ लाख ४५ हजार ४ सय २७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८२ करोड ४९ लाख ४ हजार १ सय ३४ रुपैयाँ बराबरको कारोबार भएको थियो । बुधबार १ सय २४ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ८ कम्पनीको सेयर मूल्य घटेको थियो भने १० कम्पनीको सेयर मल्य स्थिर थियो ।
साथै, सो दिन १ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने १ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको थियो ।
साताको अन्तिम कारोबार दिन अर्थात माघ ३ गते सेयर बजार ७.३३ अंकले घटेर २५८८.६२ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
बिहीबार २ सय ९६ कम्पनीको १ करोड १७ लाख ४९ हजार ७ सय १ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९३ करोड ३७ लाख ११ हजार ६ सय ७४ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार ८८ कम्पनीको सेयर मूल्य बढ्दा १५२ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको सेयर मल्य स्थिर रहेको छ ।
साे दिन ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने पोखरा फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्