काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबाेन) ले आज माघ ३ गते ३ कम्पनीलाई आइपीओ निष्कासनको अनुमति दिएको छ । सेबोनले क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्युटिकल्सलाई अनुमति दिएको हो ।
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स
कम्पनीले अकिंत मूल्य १०० रुपैयाँमा २२ लाख ५० हजार कित्ता बराबरको २२ करोड ५० लाखको आइपीओ निष्कासन गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
ओम मेघाश्री फर्मास्युटिकल्स
ओम मेघाश्री फर्मास्युटिकल्सले अंकित मूल्य १ सय रूपैयाँमा १८ लाख कित्ता बराबरको १८ करोडको आइपीओ निष्कासन गर्ने अनुमति पाएको छ । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
प्रतिक्रिया दिनुहोस्