Shikhar Insurance
National Life

अर्थतन्त्रलाई गतिशील बनाउन अध्यादेश जारी गरिएको नेता श्रेष्ठको स्पष्टोक्ति

सिंहदरबार संवाददाता
२०८१ माघ ३, बिहीबार १६:३२
Hyundai
NCELL
NIMB

चितवन । नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले अर्थतन्त्रलाई गतिशील बनाउन अध्यादेश जारी भएको स्पष्ट गरेका छन् । आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै उनले सदन सञ्चालन नभएका बेला अत्यावश्यक ऐनकानून अध्यादेशमार्फत जारी हुनु न्यायसङ्गत भएको तर्क गरेका हुन् ।

उनले भने ‘अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले अध्यादेश ल्याएको हो । व्यवसायीका निराशालाई आशामा बदल्न अध्यादेश आवश्यक थियो ।’ ऐन कानूनले केही विषय बाँधिएकाले संशोधनस्वरुप अध्यादेश ल्याइएको उनको भनाइ थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

फरक प्रसङ्गमा उनले वर्तमान सत्ता समीकरण कसैले चाहँदैमा परिवर्तन नहुने बताए । उनले भने ‘कांग्रेस र एमालेबीचमा भएको समझदारी अनुसार नै सरकारले काम गरिरहेको छ ।’

 

GBIME

प्रतिक्रिया दिनुहोस्