काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको वित्तीय विवरण स्वीकृत भएको छ । बैंकको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी स्वीकृत गर्ने निर्णय गरेको हो ।
साथै, सोको अन्तिम स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय समेत गरेको छ ।
बैठकले आव २०८०/८१ मा कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गर्नुका साथै नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएपश्चात यथाशीघ्र बैंकको २७औं वार्षिक साधारण सभा गर्ने निर्णय समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्