Shikhar Insurance
National Life

मातृभूमि लघुवित्तको संस्थापक सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८१ माघ ३, बिहीबार १०:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाले सेयरधनीको नाममा रहेको २२ हजार ६ सय ८५ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त संस्थापक सेयरहरू खरिद इच्छुक संस्थापक सेयरधनीहरूले यो सूचना प्रकाशित भएको ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय लम्कीचुहा, ४ बलिया कैलाली वा कर्पोरेट कार्यालय बुढानीलकण्ठ, मण्डीखाटार काठमाडौंमा आवेदन दिनु पर्ने संस्थाले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तोकिएको समयावधिभित्र विद्यमान संस्थापकहरूबाट सेयर खरिदका लागि कुनै पनि लिखित निवेदन प्राप्त हुन नआएमा प्रचलित कानून बमोजिम अन्य व्यक्ति तथा संस्थामा सेयर बिक्री प्रकृया अगाडि बढाउने संस्थाले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्