काठमाडौं । बिहिबार सुनको मूल्य फेरी बढेको छ । अघिल्लो दिन ४ सय रुपैयाँले बढेको सुनको भाउ आज प्रतितोला १२ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, आज चाँदीको भाउ प्रतितोला ५० रुपैयाँले बढेर १ हजार ८ सय ८० रुपैयाँमा किनबेच भएको छ । चाँदी अघिल्लो दिन १ हजार ८ सय ३० रुपैयाँमा खरिदबिक्री भएके थियो ।
प्रतिक्रिया दिनुहोस्