Shikhar Insurance
National Life

३ करोडसम्म राजस्व छलि गर्दा मुद्दा लड्नु नपर्ने, यस्तो छ सरकारले ल्याएको अध्यादेशको सारांश

सिंहदरबार संवाददाता
२०८१ माघ २, बुधबार १८:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । ३ करोडसम्म राजस्व छलि गर्दा मुद्दा लड्न नपर्ने भएको छ । सरकारले अध्यादेश मार्फत राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण ) ऐन २०५२ लाई संशोधन गर्दै नयाँ व्यवस्था गरेको हो ।

यसअघिको व्यवस्थामा ४५ लाख भन्दा बढी राजस्व चुहावट गरेको खण्डमा भन्सार तथा आन्तरिक राजस्वका कर्मचारी विरुद्ध समेत मुद्दा दर्ता हुने व्यवस्थालाई परिमार्जन गर्दै सोको सिमा ३ करोड पुर्याएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अब ३ करोडसम्म राजस्व चुहावट गरेको खण्डमा राजस्व अनुसन्धान विभागले सम्बन्धित निकायलाई नै असुल उपर गर्नेगरी पत्राचार गर्न सक्छ । मुख्य सचिव एक नारायण अर्यालले बुधबार (माघ २ गते) राजस्व चुहावटमा मुद्दामा जाने सिमा बढाएको जानकारी दिएका हुन् । सरकारले गरेको यो व्यवस्थाले अब साना राजस्व चुहावटको घटना बढ्ने भएका छन् ।

यस्तै, राजस्व चुहावटमा अग्रिम पैसा तिरेर मात्रै मुद्दामा जानुपर्ने रकमको सिमा पनि संशोधन गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्