Shikhar Insurance
National Life

घाटा थेग्नै धौधौ भएपछि मूल्यवृद्धि : पेट्रोल प्रतिलिटर १ सय २९ र ग्यास प्रतिसिलिन्डर १४ सय २५ रूपैयाँ

सिंहदरबार संवाददाता
२०७८ असार २२, मंगलवार २०:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । घाटा थेग्नै नसक्ने स्थितिमा पुगेपछि निगमले फेरि तेलको मूल्य बढाएको छ । लागत बढ्न थालेपछि निगमलाई पर्ने भार चुलिएको हो जसका कारण इन्धनको मूल्य प्रतिलिटर २ रूपैयाँ बढाइएको छ ।

मंगलबार रातिदेखि लागु हुने नयाँ मूल्यसुचीअनुसार पेट्रोल प्रतिलिटर १ सय २९ रूपैयाँ पर्नेछ । यस्तै डिजेल र मट्टितेलको मूल्य १ सय १२ रूपैयाँ पर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसैगरी हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर २ रूपैयाँ र अन्तर्राष्ट्रिय तर्फ प्रति १ हजार लिटर १९ डलरले बढेर ७ सय ५४ डलर पुगेको छ ।

निगमले ग्यासको मूल्य पनि २५ रूपैयाँले बढाएको बढाएको छ । अब ग्यास प्रति सिलिन्डर १४ सय २५ रूपैयाँ पर्नेछ ।

इन्धनको मूल्य बढाए पनि निगमलाई १५ दिनमा ९१ करोड रूपैयाँ घाटा हुनेछ । यसअघि १५ दिनमा निगमलाई ६५ करोड रूपैयाँ घाटा थियो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्