काठमाडौं । नेपाल बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश वितरण नगर्ने भएको छ ।
बैंकको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने र त्यहाँबाट स्वीकृत भएर आएपछि अनुमोदनका लागि आगामी वार्षिक साधारणसभा पेस गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्