काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविविधमन्त्री विद्या भट्टराईले शिक्षा र स्वास्थ्यबीचको तादात्म्यताले मात्रै समृद्ध समाजको निर्माण गर्न सकिने बताएकी छिन । राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले शिक्षासँग योगसँग नजोडिकन समाजलाई समृद्ध बनाउन नसकिने बताए । उनले योगलाई कक्षा कोठा र विद्यार्थीको जीवनसँग जोड्न बाँकी रहेको र अब आगामी शैक्षिकसत्रदेखि योगलाई विद्यार्थीको जीवनसँग जोड्ने प्रतिवद्धता जनाइन् ।
शिक्षा र स्वास्थ्य आजको महत्त्वपूर्ण विषय भएको उल्लेख गर्दै शिक्षा र स्वास्थ्य राज्यका लागि पनि सुदृढ गर्नुपर्ने विषय रहेको बताए । योगलाई जीवनमा ग्रहण गर्नुपर्ने आवश्यकता औंल्याए । मन्त्री भट्टराईले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएरु अघि बढ्नसके मात्रै मुलुकलाई समृद्धितर्फ अघि बढाउनसकिने उल्लेख गरे । शिक्षाको माध्यमबाट नै विगतमा समाजलाई जागरुक गरेको भएपनि अब आम नागरिकमा जागरुकता ल्याउन योग र ध्यानको आवश्यक रहेको बताइन् । न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्