Shikhar Insurance
National Life

किसानका समस्या समाधान गर्ने मन्त्री अधिकारीको प्रतिबद्धता

सिंहदरबार संवाददाता
२०८१ माघ १, मंगलवार १५:५६
Hyundai
NCELL
NIMB

बागलुङ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले किसानका समस्या समाधान हुनेगरी आफूले काम गरिरहेको बताएका छन् । बागलुङ नगरपालिकामा आज आयोजित कार्यक्रममा उनले वास्तविक किसान पहिचान गरेर मात्र अनुदान दिनुपर्ने बताएका हुन् ।

कृषि क्षेत्रमा अनुदान धेरै बाँडिएको भए पनि वास्तविक किसानका समस्या अझै समाधान नभएकामा मन्त्री अधिकारीले चिन्ता व्यक्त गरे । मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन आफूले प्रयास गरिरहेको भन्दै उनले उत्पादनका आधारमा किसानलाई अनुदान दिइने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कृषि अनुदान दुरुपयोग गर्नेलाई कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता पनि उनले व्यक्त गरे । साथै मन्त्री अधिकारीले कृषिको विकासका लागि लगानी वृद्धि गर्न जरुरी भएको जानकारी दिए । गरिबीबाट मुक्ति पाउन पनि प्रत्येक परिवार कम्तीमा कृषिमा आत्मनिर्भर हुन जरुरी रहेको उनले बताए । देशलाई गरिबीबाट मुक्त गर्न पनि कृषिकर्मलाई पहिलो प्राथमिकतमा राख्नुपर्नेमा मन्त्री अधिकारीले जोड दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्