Shikhar Insurance
National Life

हिमालयन रिको लाइसेन्स रद्द गर्न विद्यार्थी संगठनहरुको माग

सिंहदरबार संवाददाता
२०७८ असार २२, मंगलवार १९:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । विपक्षी गठबन्धन सम्वद्ध विद्यार्थीहरु संगठनका नेताहरुले हिमालयन रिको लाइसेन्स रद्ध गर्न माग गरेका छन् । विपक्षी गठबन्धनमा आवद्ध काँग्रेस निकट नेपाल विद्यार्थी संघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, एमाले माधव नेपाल समुह निकट अनेरास्ववियु, जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चा निकट अखिल छौठौंले संयुक्त विज्ञप्ति निकाल्दै हिमालयन रिको लाइसेन्स प्रक्रिया रद्ध गरि छानविन प्रक्रिया थाल्न भनेका हुन् ।

‘हिमालयन पुनर्बीमा कम्पनीको लाइसेन्स दिँदा बीमा समितिले विधि र प्रक्रिया मिचेको तथा अरबौंको आर्थिक चलखेल गरिएकाले पुनर्बीमा कम्पनीको लाइसेन्स प्रक्रिया तत्काल रोकी दोषीलाई कडा कारवाही गर्न माग गर्दछौं’, विपक्षी गठबन्धन आवद्ध विद्यार्थी संगठनहरुको वक्तव्यमा भनिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्