काठमाडौं । नारायणी आयल रिफाइनरी उद्योग प्राइभेट लिमिटेडको व्यापार क्रमश ओरालो लागेको छ । सन् २०२२ मा १० अर्ब रुपैयाँ बढी कारोबार गरेको कम्पनीको व्यापार क्रमश घट्दै गएको हो ।
कम्पनीले सन् २०२४ मा ४ अर्ब ५८ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ, जुन गत वर्षको तुलनामा १ अर्ब ८२ करोड ४० लाख रुपैयाँ अर्थात् २८.४५ प्रतिशतले कम हो ।
कम्पनीले सन् २०२३ मा ६ अर्ब ४१ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२२ मा १० अर्ब ९४ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो ।
वार्षिक १ लाख २८ हजार ५ सय मेट्रिक टन प्रशोधन गर्ने क्षमता रहेको कम्पनीले त्रिशक्ति, स्माइल, आरोग्या, श्री, निलमफ, कुन्दन र निलकमल ब्रान्डमा प्रशोधित तेल बिक्री विरतण गर्दै आएको छ ।
कम्पनीले भट्मास, पामोलिन, भेजिटेबल आयल, तोरीको तेल, सन्फ्लावर तेल र पाम तेलको व्यापार गर्दै आएको छ । नारायणी आयल रिफाइनरी उद्योग प्राइभेट लिमिटेड (एनओपीएल) १९८९ मा स्थापित एक नीजि लिमिटेड कम्पनी हो ।
प्रतिक्रिया दिनुहोस्