Shikhar Insurance
National Life

अब कुनैपनि नागरिकले खाद्य अभाव झेल्नुपर्दैन : उद्योगमन्त्री भण्डारी

सिंहदरबार संवाददाता
२०८१ माघ १, मंगलवार १०:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अब कुनैपनि नागरिकले खाद्य अभाव झेल्नु नपर्ने बताए । सोमबार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।

उनले खाद्य संप्रुभुत्ता नागरिकको संवैधानिक अधिकार भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्ने जिम्मा सरकारले लिएको बताए । उनले सरकारले खाद्यान्न ढुवानीमा अनुदान दिँदै आएको बताए । उनले देशभरका नागरिकको सहज र सस्तो मूल्यमा खाद्यान्न प्राप्त गर्न सकुन् भनेर समय समयमा अनुदान दिँदै आएको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले सरकारले सार्वजनिक निकायमा स्वदेशी वस्तु उपभोग गर्ने कार्यविधिलाई पास गरेको उल्लेख गर्दै अब सरकारी कार्यालयहरुमा नेपाली कागजको प्रयोग नगरे बेरुजु आउने स्पष्ट पारे । उनले सार्वजनिक निकायमा स्वदेशी वस्तुको मात्र उपभोग गर्ने कार्यविधिलाई कडाईका साथ पालना गनुपर्ने जानकारी दिए । उनले विदेशी वस्तुको आयात प्रतिस्थापन गर्दै स्वदेशी वस्तुको उपभोगमा जोड दिनुपर्ने बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्