काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले अब बन्ने भूमि समस्या समाधान आयोगले जग्गा सम्बन्धी सबै समस्याहरुको अन्त्य गर्ने दाबी गरेका छन् । सोमबार काठमाडौंमा भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्षहरुको शपथग्रहण कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
उनले आयोगले जग्गा सम्बन्धी सबै समस्याहरुको अन्त्य गर्दै जग्गामा जनताको स्वामित्व भएन भन्नेकुराको अन्त्य गर्ने बताए । नेपालमा रहने सबै नागरिकहरुको समान अधिकार कायम गर्दै जग्गाको समस्या समाधान गर्नको निम्ति भूमि समस्या समाधान आयोग बनाउन लागेको बताए ।
उनले अहिलेसम्म देशभर भूमिहिन, दलित र भूमिहिन सुकुम्बासी र अव्यवस्थित गरी ११ लाख भन्दा बढी परिवारहरु रहेको जानकारी दिए । नेपालको जनसंख्याको ३० प्रतिशत भन्दा बढी भूमिहिन दलित, भूमिहिन सुकुम्बासी रहेको जानकारी दिए ।
उनले यो संख्या अझै बढ्नसक्ने बताए । मन्त्री अधिकारीले विगतझैँ अब बन्ने आयोगले पनि काम गर्न नसक्ने भन्ने भ्रमलाई चिरेर आयोग नागरिकको आर्थिक स्थिति सुधारका लागि कोशेढुंगा सावित हुने बताए । मन्त्री अधिकारीले आयोग अब पटक पटक गठन गर्ने नभइ जग्गा सम्बन्धी समस्या समाधानका लागि बनाइने अन्तिम आयोग हुने बताए ।
प्रतिक्रिया दिनुहोस्