Shikhar Insurance
National Life

फास्ट फुड तथा रेष्टुरेण्टहरुले गुणस्तरमा विशेष ध्यान दिनुपर्छ : उपप्रमुख डंगोल

सिंहदरबार संवाददाता
२०८१ पुष २९, सोमबार १६:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले फास्ट फुड तथा रेष्टुरेण्टहरुले गुणस्तरमा विशेष ध्यान दिन आवश्यक रहेको बताएकी छिन । सोमबार काठमाडौंमा भएको फास्ट फुड एसोसिएसन नेपालको ८ औं राष्ट्रिय अधिवेशनमा बोल्दै उपप्रमुख डंगोलले यस्तो बताएकी हुन् ।

उनले व्यवसायीहरु पनि उपभोक्ता भएकाले फास्ट फुड तथा रेष्टुरेण्डहरुले गुणस्तरमा ध्यान दिन आवश्यक रहेको जानकारी दिइन् । उनले पछिल्लो समय गुणस्तरका विषयमा प्रश्नहरु उठ्दै आएकाले त्यसमा विचार पुर्‍याउन व्यवसायीहरुलाई आग्रह गरिन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले हाटेल तथा फास्ट फुडहरु ठूलो स्पेस र पूर्वाधारहरुले मात्रै पाँच तारे हुन नसक्ने बताइन् । उनले पाँच तारे हुनको लागि गुणस्तरीय हुन आवश्यक रहेको जानकारी दिइन् । उनले महानगरले फास्ट फुडहरुमा विभिन्न खालका स्टार स्टिकरहरु राख्ने अभियानमा रहेको बताइन् । उनले महानगरले राम्रो काम गर्ने व्यवसायीहरुलाई प्रोत्साहन गर्ने प्रतिवद्धता जनाइन् ।

उनले महानगरले व्यवसायीहरुको व्यापार व्यवसाय सहजिकरणको लागि काम गरिरहेको बताइन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्