Shikhar Insurance
National Life

चीनसँग ऋणसम्बन्धी कुनैपनि सम्झौता भएको छैन : परराष्ट्रमन्त्री राणा

सिंहदरबार संवाददाता
२०८१ पुष २९, सोमबार १६:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । परराष्ट्रमन्त्री डा।आरजु राणा देउवाले चीनसँग भएको बीआरआई सम्झौता अनुदानमा आधारित सहयोगको समझादारी भएको स्पष्ट पारेका छन् । सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैकमा बोल्दै उनले सांसदहरुले राखेका जिज्ञासाहरुको जवाफ दिँदै उनले चीन सरकारसँग ऋण लिनेसम्बन्धी कुनैपनि समझदारी पत्रमा हस्ताक्षर नभएको बताएकी हुन् ।

उनले नेपालको कुल गार्हस्थ्य उत्पादन निष्क्रिय जस्तै भएको जानकारी गराएको उल्लेख गर्दै चीन सरकार एड र ग्राण्ट दिनको लागि तयार भएको बताइन् । उनले चीन सरकारबाट बिआरआई परियोजना अन्तर्गत आउने सबै परियोजनाहरु एड फाइनान्सिङमै आउने जानकारी दिइन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैठकमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण लगायत विषयमा छलफल भएको हो । बैठकमा चीन भ्रमणका उपलब्धीहरु सार्वजनिक गर्दै मन्त्री राणाले छलफल विभिन्न महत्त्वपूर्ण सम्झौता भएको उल्लेख गरिन ।

उनकाअनुसार प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बेल्ट एण्ड रोड सहकार्य फ्रेमवर्क, टोखा–छहरे सुरुङमार्ग, नेपाल–चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारीपत्र, नौतले वसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न प्रमाणपत्रको आदान–प्रदान, आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी, नगद सहयोगसम्बन्धी पत्र आदान–प्रदान लगायतका विषयमा सम्झौता भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्