Shikhar Insurance
National Life

सरकार परिर्वतन हुने हल्लाले सेयर बजार राताम्मै, कारोबार रकममा भने उच्च वृद्धि

सिंहदरबार संवाददाता
२०८१ पुष २९, सोमबार १५:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.५४ अंकले घटेर २५९४.१३ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

सोमबार ३२२ कम्पनीको १ करोड ३८ लाख ७० हजार ५ सय ७९ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६५ करोड ८ लाख ८३ हजार १ सय ३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोमबार सरकार परिर्वतन हुने हल्लाले सबै उपसूचकहरु राताम्मै भएको छ । सोमबार ६३ कम्पनीको सेयर मूल्य बढ्दा १७५ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको सेयर मल्य स्थिर रहेको छ ।

सोमबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४५ करोड २५ लाख ५१ हजार बढी संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता १ हजार १ सय ३५ रुपैयाँ पुगेको छ ।

सोमबार १ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्