काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजथार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.५४ अंकले घटेर २५९४.१३ मा पुगेको हो ।
सोमबार ३२२ कम्पनीको १ करोड ३८ लाख ७० हजार ५ सय ७९ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६५ करोड ८ लाख ८३ हजार १ सय ३ रुपैयाँ कारोबार भएको छ ।
सोमबार सेयर बजार दोहोरो अंकले घटेपनि एक कम्पनीको सेयरमा भने सकरात्मक सर्किट लागेको छ । आज बाराही हाइड्रोपावर पब्लिकको सेयरमा सकरात्मक सर्किट लागेको छ ।
त्यस्तै, आज सुपर मादी हाइड्रोपावरको सेयरमा ८.८७ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ८.८१ प्रतिशत, सुपर माइक्रोफाइनान्स वित्तीयको ८.४१ प्रतिशत सहित ८३ कम्पनीको सेयर बढेको छ ।
प्रतिक्रिया दिनुहोस्