Shikhar Insurance
National Life

मञ्जुश्री फाइनान्सको साधारण सभा सम्पन्न, ६.३५ प्रतिशत नगद लाभांश पारित

सिंहदरबार संवाददाता
२०८१ पुष २९, सोमबार १४:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको १७ औं वार्षिक साधारण सभा पुस २८ गते, थापागाँउ व्याङकेट, थापागाँउ, नयाँबानेश्वर, काठमाडौंका सम्पन्न भएको छ ।

साधारण सभाबाट आ.व. २०८०/०८१ को लागि प्रस्तावित ६.३५ प्रतिशत नगद लाभांश (नगद लाभांशको कर समेत) वितरण गर्ने निर्णय पारित भयोे । साधारण सभाबाट मञ्जुश्री फाइनान्स लिमिटेडको सञ्चालक समितिमा संस्थापक समूहका सेयरधनीहरुको तर्फबाट ३ (तीन) जना यादव अधिकारी, रामहरी शर्मा तथा सुमन प्रसाद अधिकारी र सर्वसाधारण समूहका शेयरधनीहरुको तर्फबाट १ (एक) सतिश गौतम, गरि ४ (चार) जना सञ्चालकज्यूहरु आगामि ४ वर्षका लागि निर्बिरोध निर्वाचित भएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

वित्तीय संस्थाको रजिष्टर्ड (केन्द्रिय) कार्यालयलाई का.जि. का.म.न.पा. वडा नं. १० बाट ठाउँसारी गरी का.जि. का.म.न.पा. वडा नं. ११ स्थित आफ्नै भवनमा राख्नका लागि प्रवन्ध पत्रको दफा २(१) र नियमावलीको नियम २ मा संशोधन गर्ने निर्णय पारित भयो ।

मञ्जुश्री फाइनान्स लिमिटेडले गत मङ्सिर मसान्त सम्म २१ अर्ब निक्षेप संकलन तथा १७।५ अर्ब कर्जा निर्वाह गर्दै आएको छ । यस फाइनान्सको केन्द्रिय कार्यालय, नयाँ बानेश्वर काठमाडौंमा रहि २७ वटा शाखा तथा एक बिस्तारित काउन्टर मार्फत देशभरका प्रमुख शहरहरुमा, १ लाख २० हजार भन्दा बढी सन्तुष्ट ग्राहकलाई सेवा पुर्याउदै आएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्