Shikhar Insurance
National Life

विकास बैंकहरुको खुद नाफा २ अर्ब ८३ करोड, सबैभन्दा धेरै कमाउनेमा मुक्तिनाथ

सिंहदरबार संवाददाता
२०८१ पुष २८, आईतवार १८:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक २०८१/८२ को ५ महिनामा विकास बैंकहरुले २ अर्ब रुपैयाँ बढी खुद नाफा आर्जन गरेका छन् । सञ्चालनमा रहेका १७ विकास बैंकहरुमध्ये ११ वटा बैंकहरुले मंसिर महिनासम्म २ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।

सबैभन्दा धेरै नाफा कमाउने विकास बैंकमा मुक्तिनाथ विकास बैंक पहिलो नम्बरमा रहेको छ । बैंकले चालु आवको मंसिर महिनासम्म ५८ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तै, सबैभन्दा धेरै नाफा कमाउने दोस्रो नम्बरमा गरिमा विकास बैंक रहेको छ । बैंकले ५१ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यसैगरी, सबैभन्दा धेरै खुद नाफा आर्जन गर्ने तेस्रो नम्बरमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक पर्न सफल भएको छ । बैंकले ४७ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यसैगरी, लुम्बिनी विकास बैंकले ३८ करोड ६८ लाख रुपैयाँ, कामना सेवा विकास बैंकले ३३ करोड १० लाख, महालक्ष्मी विकास बैंकले २१ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

त्यस्तै, संग्रिला डेभलपमेन्ट बैंकले २० करोड ७० लाख, मितेरी डेभलपमेन्ट बैंकले ६२ लाख, ज्योति विकास बैंकले ७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यस्तै, सिन्धु विकास बैंकले ३ करोड ६१ लाख रुैयाँ, ग्रीन डेभलपमेन्ट बैंकले २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्