Shikhar Insurance
National Life

नेपाल एयरलाइन्स कमजोर हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी रुपमा सञ्चालन हुन सकेन : सञ्चारमन्त्री गुरुङ

सिंहदरबार संवाददाता
२०८१ पुष २८, आईतवार ११:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नहुनुको मुख्य कारण नेपाल एयरलाइन्स कमजोर हुनु रहेको बताए । शुक्रबार पोखरामा सुनौलो नेपालको गण्डकीको पर्यटन र अर्थतन्त्रको उडानसम्बन्धी कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सबैभन्दा पहिला नेपाल एयरलाइन्सलाई बलियो बनाउनुपर्ने बताए । उनले कोरला नाका व्यवस्थित बनाउनसके पनि गण्डकी प्रदेशमा पर्यटनको महत्त्व बढ्ने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले पर्यटनसँगै आर्थिक र औद्योगिक गतिविधिहरु पनि बढ्ने दाबी गरे । उनले लुम्बिनी प्रदेशको भैरहवा, गण्डकी प्रदेशको पोखरा, वागमती प्रदेशको काठमाडौं, मधेस प्रदेशको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलभित्र समेटिने क्षेत्र नै नेपालमा आर्थिक हब बन्ने बताए । सञ्चारमन्त्री गुरुङ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कसरी प्रभावकारी रुपमा सञ्चालन गर्ने भन्नेकुरा महत्त्वपूर्ण रहेको जानकारी दिए ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्