Shikhar Insurance
National Life

‘मेरो देश, मेरो उत्पादन’ नारालाई सरकारले राष्ट्रिय अभियानका रुपमा अघि बढाउँछ : उद्योगमन्त्री भण्डारी

सिंहदरबार संवाददाता
२०८१ पुष २८, आईतवार ११:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘मेरो देश, मेरो उत्पादन’ नारालाई सरकारले राष्ट्रिय अभियानका रुपमा अघि बढाउने तयारी गरेको बताएका छन् । शुक्रबार फुटवयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको २३ औं वार्षिक साधरण सभामा बोल्दै उद्योगमन्त्री भण्डारीले यस्तो बताएधका हुन् ।

उनले सरकारले नेपाली उत्पादन प्रोत्साहनको लागि मेरो देश मेरो उत्पादन नारालाई अभियानको साथमा लैजाने बताए । उनले यसबारे सरकारले निजी क्षेत्रसँग छलफल गरेको पनि जानकारी दिए । उनले त्यसको लागि सरकारले निर्देशक समिति बनाउने तयारी गरिरहेको बताए । उनले सरकारले अबको एक हप्ताभित्र प्रधानमन्त्रीसहित प्रमुख राजनीतिक दलका नेताहरुलाई राखेर विशेष अभियान घोषणा गर्ने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले जुत्ता चप्पलको निर्यात गर्ने वातावरण सरकारले बनाउने बताए । उनले विभिन्न मुलुकसँग छिमेकी मुलुकहरुसँग पछिल्लो पटक एनएस प्राप्त गरेका वस्तुहरु निर्यात भइरहेकोजानकारी दिए ।

उनले ट्रेड प्रमोसनका लागि नेपाली वस्तु अब विश्व बजारमा पुर्‍याउन आवश्यक रहेको बताए । उनले सरकारले नेपाल वस्तु उत्पादन उद्योगहरुमा प्रक्रियागत रुपमा रहेका जटिलताहरु समाधान गर्ने पक्षमा रहेको बताए । उनले नीतिगत सुधारको आवश्यकता लगायतका थुप्रै ऐनहरुलाई संशोधनको प्रक्रियामा अबको संसदको अधिवेशन एउटा कानूनमा केन्द्रित भएर नीतिगत सुधार गर्ने प्रयास सरकारले गरेको बताए ।

उनले सरकारले चोरी पैठारीलाई नियन्त्रण गर्न विशेष प्राथमिकताका साथ काम गरिरहेको बताए । उनले चोरी पैठारीबाट भइरहेका राजश्व छली रोक्न वाणिज्य विभागले आवश्यक योजना बनाएर अनुगमन गर्ने तयारी गरिरहेको बताए ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्