काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य बढेको छ । आइतबार सुनको भाउ प्रतितोला १६ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ५५ हजार ७ सय रुपैयाँमा किनबेच भएको छ । सुन अघिल्लो दिन (शुक्रबार) १ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ । चाँदी आज १ हजार ८ सय ६० रुपैयाँमा खरिदबिक्री भएको छ । चाँदी अघिल्लो दिन १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्