Shikhar Insurance
National Life

तलब सुबिधा बढाउन माग गर्दै एनसेलका कर्मचारी आन्दोलनमा

सिंहदरबार संवाददाता
२०७८ असार २२, मंगलवार ०९:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । दुर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलमा कर्मचारी आन्दोलन सुरु भएको छ । तलब बढाउनुपर्ने माग राखेका कर्मचारी संगठनका अध्यक्षलाई नै धम्कीपूर्ण पत्र लेखेको र चार जना कर्मचारीलाई कारवाही गरेको भन्दै कर्मचारीहरुले एनसेल केन्द्रिय कार्यालयमा बिरोध प्रदर्शन थालेका हुन् ।

उनीहरुले प्रत्येक २।२ वर्षमा सामुहिक सौदाबाजी अनुसार कर्मचारीको तलब तथा सुबिधा बढाउनुपर्ने माग राखेका छन् । बिनाकारण कर्मचारीहरुलाई जागिरबाट बर्खास्त गर्न नहुने पनि उनीहरुको माग रहेको छ । यसअघि पनि एनसेलले चार जना कर्मचारीलाई बर्खास्त गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्