Shikhar Insurance
National Life

३१ करोड ३८ लाख बक्यौता तिरेपछि सुबिसु केबलनेटको लाइसेन्स नवीकरण

सिंहदरबार संवाददाता
२०८१ पुष २६, शुक्रबार १३:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटकाे लाइसेन्स नवीकरण भएको छ ।

कम्पनीले १७ करोड ४८ लाख ५१ हजार ६१५ रोयल्टी र १३ करोड ८९ लाख ७९ हजार ५९० रुपैयाँ ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) रकम तिरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले लाइसेन्स नवीकरण गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सुबिसुको लाइसेन्स पुस २५ गते ५ वर्षका लागि नवीकरण गरेको हो ।

यसअघि प्राधिकरणले देशको सबैभन्दा ठुलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडको लाइसेन्स नविकरण गरेको थियो । एनटीएले २५ वर्षका लागि वर्ल्डलिंकको अघिल्लो दुई लाइसेन्सहरु इन्टरनेट सेवा प्रदायक (आइएसपी) र नेटवर्थ सेवा प्रदायक (एनएसपी) को नविकरण गरेको थियो ।

वर्ल्डलिंकले दुर सञ्चार प्राधिकरणलाई २ अर्ब १५ करोड १४ लाख ७ हजार ५ सय ५२ रुपैयाँ बुझाएको थियो । सर्वोच्च अदालतले वर्ल्डलिंकले राज्यलाई तिर्नुपर्ने रकम नतिरेको भन्दै फैसला सुनाएपछि कम्पनीले रकम बुझाएको थियो ।

प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलका अनुसार रोयल्टी वापत १ अर्ब ३८ करोड ९० लाख १२ हजार २ सय २५ रुपैयाँ बुझाएको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्