काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ । शुक्रबार सुन १ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको छ । बिहिबार सुन १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ८४५ रुपैयाँमा किनबेच भएको छ । चाँदी अघिल्लो दिन १ हजार ८४० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया दिनुहोस्