काठमाडौं । नेपाली बजारमा सुनचाँदी दुवै महंगिएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा ३०० रुपैयाँ र चाँदीको मूल्य ५ रुपैयाँ बढेको हो ।
मंगलबारका लागि छापावाला सुनको मूल्य तोलाको ९१ हजार ८ सय रुपैयाँ तथा तेजावी सुनको मूल्य ९१ हजार ३ सय रुपैयाँ कायम गरिएको छ ।
सुनको मूल्य बढ्दा चाँदीको मूल्य प्रतितोला १३ सय ३० रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्