Shikhar Insurance
National Life

बलियो राजनीतिक दलले मात्रै देश बनाउन सक्छ : महासचिव पोखरेल

सिंहदरबार संवाददाता
२०८१ पुष २५, बिहीबार १६:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बलिया राजनीतिक दलहरुले मात्रै देश बनाउनसक्ने बताएका छन् । बिहीबार एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा स्ववियु निर्वाचनका सन्दर्भमा आयोजित राष्ट्रिय कार्यशालामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले देश साना राजनीतिक दलहरु नभइ बलिया राजनीतिक दलहरुले मात्रै बनाउनसक्ने भएकाले सोहीअनुरुप जनमतलाई धु्रविकृत गर्न जरुरी रहेको उल्लेख गरे । उनले मुलुकमा विकासको नेतृत्व गर्ने पार्टी नेकपा एमाले भएको बताए । देशको कुनैपनि विकासका सन्दर्भमा भिजनरी लिडरसिप, स्ट्रङ पोल्टिकल पार्टी, पोल्टिकल स्टाब्लिटी जरुरी रहेको र त्यो नेकपा एमालेसँग मात्रै रहेको उल्लेख गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

महासचिव पोखरेलले स्ववियु चुनावबाट देशभक्तिका पक्षमा, विकास र समृद्धि, सामाजिक न्यायका पक्षमा उभिने युवाहरुलाई अनेरास्ववियुको झण्डामुनि उभ्याउने कामको नेतृत्व गर्नुपर्ने बताए ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्