Shikhar Insurance
National Life

बीमा क्षेत्रको पूँजीलाई देश विकासको लागि प्रयोग गर्नु पर्छ : अध्यक्ष ढकाल

सिंहदरबार संवाददाता
२०८१ पुष २५, बिहीबार १५:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बीमा क्षेत्रको पूँजीलाई देश विकासको लागि प्रयोग गर्न सकेमा यसले अर्थतन्त्रलाई थप चलायमान बनाउने बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित नेशनल इन्स्योरेन्स डिस्कोर्षमा बोल्दै उनले बीमाले देशको अर्थतन्त्रमा पुँजी निर्माण गर्न ठूलो भूमिका खेल्ने बताएका हुन् ।

अर्थतन्त्र चलायमान हुन अर्थतन्त्रका सबै क्षेत्र चलायमान हुन आवस्यक रहेको बताउँदै उनले बीमाको पूँजीलाई उत्पादनमूलक क्षेत्रमा लगाउनु पर्ने जानकारी दिए । ‘बैंकमा पर्याप्त तरलता हुँदैमा अर्थतन्त्र चलायमान हुने रहेनछ भन्ने पछिल्लो आर्थिक अवस्थाले देखाएको छ । यसको लागि अर्थतन्त्रका सबै क्षेत्रको उत्तिकै योगदान रहन्छ । सबै क्षेत्र चलायमान हुन जरुरी छ । ’ उनले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अध्यक्ष ढकालले बीमा क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा करिब २ लाख भन्दा बढिले रोजगारी सिर्जना गरेको भन्दै यसको विकास र विस्तारले थप रोजगारी सिर्जना हुने धारणा राखे । यस्तै उनले बिमाको प्रीमियम बढी भएको , बीमा भुक्तानीमा समस्याको गुनासो आउने गरेको भन्दै यसको सुधारका लागि पहल गर्न नियामक निकायलाई आग्रहगरेका छन् ।

अध्यक्ष ढकालले नियामक निकायलाई बीमा कम्पनीहरुको माइक्रो म्यानेजमेन्ट गर्नु भन्दा कम्पनीलाई नै स्वयम जिम्मेवार बनाउन सके प्रभावकारी हुने सुझाव समेत दिए । कूल जनसंख्याकोे ४४ प्रतिशतमा पुगेको विमाको पहँच विस्तार आवश्यक रहेको भन्दै अध्यक्ष ढकालले बीमाको दायरा बढाउन बीमाको महत्त्वबारे जनचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्