Shikhar Insurance
National Life

मधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु

सिंहदरबार संवाददाता
२०८१ पुष २५, बिहीबार १५:२९
Hyundai
NCELL
NIMB

धनुषा । मधेश प्रदेश सरकारले शहीद परिवारको स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्यले स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ । प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले यही पुस ९ गतेदेखि बिमा कार्यक्रम लागू भएको आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् ।

उनले यो कार्यक्रमले प्रदेशका शहीद परिवारका सदस्यलाई नि:शुल्क स्वास्थ्य सेवा उपलब्ध गराइने बताए । मन्त्री लेखीले गृहमन्त्रीको नेतृत्वमा स्थानीय सेवा र संरचनासम्बन्धी कानूनी संशोधनका लागि कार्यदल गठन गरिएको उल्लेख गरे । उक्त कार्यदलले स्थानीय तहको संरचनामा सुधार गनुपर्ने विषयमा मस्यौदा तयार पारी मन्त्रालयलाई प्रतिवेदन बुझाउने छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसैबीच प्रदेश सरकारको आजको मन्त्रिपरिषद् बैठकले प्रदेशका शिक्षा, स्वास्थ्य र यातायात मन्त्रालयका कार्यविधि पारित गरेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्