काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८.१४ अंकले घटेर २६३५.०९ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
बिहीबार ३०८ कम्पनीको १ कराेड ५७ लाख २३ हजार कित्ता बढी सेयर किनबेच हुँदा ७ अर्ब ३० करोड ५३ लाख ४२ हजार ५ सय ८१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
बिहीबार ५५ कम्पनीको सेयर मूल्य बढ्दा १८० कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको सेयर मल्य स्थिर रहेको छ ।
बिहीबार सुपर मादी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४४ करोड ८८ लाख ६ हजार बढी संकलन भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ४ सय ९२ रुपैयाँ रहेको छ ।
बिहीबार २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर ९.२३ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्