Shikhar Insurance
National Life

बीमाको माध्यमबाट सुदृढ अर्थतन्त्र निर्माण गर्ने दिशामा सरकार छ : अर्थमन्त्री पौडेल

सिंहदरबार संवाददाता
२०८१ पुष २५, बिहीबार १४:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बीमाको माध्यमबाट उत्थानशिल समाज र सुदृढ अर्थतन्त्र निर्माण गर्ने दिशामा सरकार निरन्तर क्रियाशिल रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

बीमा क्षेत्रलाई प्रभावकारी र दिगो बनाइ दुर्गम तथा न्युन आय भएका वर्ग लगायत समाजका सबै तह र कारोबारमा बीमा सेवाको पहुँच पुर्‍याउन बीमा साक्षरता अभियानलाई तिब्र बनाउनुपर्नेमा जोड दिएको बताए । बीमा साक्षरता अभियानलाई तिब्र बनाउन आवश्यक रहेको बताए । पौडेलले सरकार नागरिकको जीवन चक्रमा आधारित भएर बीमाको पहुँच बिस्तार र सेवाको प्रभावकारिता बढाउन उद्धत रहेको जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पौडेलले स्वास्थ्य बीमा, लघु बीमा, कृषि बीमा, सहुसलयतपूर्ण कर्जाको बीमा बिस्तार नियमनकारी निकायको नियामकीय क्षमतामा विकास, सरल र शिघ्र दाबी भुक्तानी प्रणालीको तिब्र बिस्तार, बीमा जालसाझी नियन्त्रण जस्ता विषयलाई सरकारले प्राथमिकताका साथ कार्यान्वयनमा ल्याएको बताए ।

उनले बीमकहरुको जोखिम न्युनिकरणका लागि जोखिममा आधारित सुपरीवेक्षण प्रणाली लागू गर्ने, बीमा क्षेत्रको नियमन सबल, प्रभावकारी र व्यवसायिक बनाउन नियामक निकायको क्षमता अभिवृद्धि गर्ने, पुनर्बीमाको संस्थागत क्षमता वृद्धि गर्ने, बीमकको लगानी गरेको रकमलाई सुरक्षित र प्रतिफलमुखी क्षेत्रमा लगानीका लागि वतावरण तयार गर्ने जस्ता विषयलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे ।

अर्थमन्त्री पौडेलले बीमा क्षेत्रको प्रवर्द्धन र विकासका निम्ति सरकारले निरन्तर प्रयास गरिरहेको बताए । उनले सबै कार्यक्रममा मन्त्रीलाई बोलाउनुपर्छ भन्ने मान्यताबाट बाहिर निस्किन आग्रह गरे ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्