Shikhar Insurance
National Life

पूँजीबजारमा देखिएका अवाञ्छित गतिविधिलाई बोर्डले नियमन र नियन्त्रण गर्छ : अध्यक्ष श्रेष्ठ

सिंहदरबार संवाददाता
२०८१ पुष २४, बुधबार १७:११
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पुँजीबजारमा देखिएका अवाञ्छित गतिविधिलाई नियमन र नियन्त्रण गरिने बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले पछिल्लो समय पूँजीबजारमा अवाञ्छित गतिविधि भइरहेको गुनासो आएकाले बोर्ड त्यस्ता कार्यलाई नियमन र नियन्त्रण गर्ने योजनामा रहेको बताए । उनले धितोपत्र बजार प्रणालीमा बढी सुधार गर्नुपर्ने आवश्यकता रहेको जानकारी दिए । उनले नेपाली पुँजीबजारमा ७० लाख लगानीकर्ता रहेको भन्दै पुँजीबजारलाई थप व्यवस्थित बनाइने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने पूँजीबजारमा अवाञ्छित गतिविधि रोक्नको लागि बोर्डले पूँजीबजारलाई अटोमेसन प्रणालीमा लैजाने बताए । उनले बोर्डले पूँजीबजारमा अवाञ्छित गतिविधि नियन्त्रण गर्दै बजारलाई नयाँ उचाईमा पुर्‍याउने बताए । उनले पाइपलाइनमा रहेका आइपीओ निष्कासन एक दुई दिनभित्रै सुरु हुने बताए । अध्यक्ष श्रेष्ठले बोर्डले अब आइपीओ निष्कासनको लागि एक दुई दिनभित्रै स्वीकृत दिनेगरी काम अघि बढाएको जानकारी दिए ।

अध्यक्ष श्रेष्ठले पूँजीबजारमा देखिएका अनियमितताको नियमन तथा नियन्त्रणको विषयमा पनि कामहरु गरिरहेको बताए । उनले लगानीकर्ताको हितलाई मध्यनजर गरेर अघि बढ्ने प्रतिवद्धता जनाए ।

नेतृत्वमा आइसकेपछि लगानीकर्ताको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको धारणा राखे । उनले क्यापिटल मार्केट देशको अर्थतन्त्र चलायमान बनाउने ठूलो क्षेत्र भएकाले चलायमान बनाउन आवश्यक रहेको बताए । उनले बोर्डले ७० लाख लगानीकर्तालाई सहजता दिनेगरी काम गर्न पूर्वाधार निर्माणलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए । अध्यक्ष श्रेष्ठले बोर्डको कार्य क्षमतालाई अभिवृद्धि गरी प्रभावकारी रुपमा काम गर्ने तयारी रहेको पनि बताए ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्