Shikhar Insurance
National Life

आईपीओः जीवन विकासलाई जित्न सकेन मनकामना स्मार्टले, २० लाख १ हजारको मात्र आवेदन

हरेक ५० आवेदकमध्ये १ जनाले १० कित्ता पाउने
सिंहदरबार संवाददाता
२०७८ असार २१, सोमबार १७:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आईपीओमा ६७ गुणा बढी आवेदन परेको छ । आवेदन दिने म्याद सकिनुअघि २ करोड ६१ लाख ५५ हजार १० कित्ता सेयर माग भएको हो ।

लघुवित्तको आईपीओमा सोमबार २० लाख १ हजार ९ सय १९ जनाले आवेदन दिएका हुन् । बिहिबारदेखि आवेदन खुलेको आईपीओमा २ अर्ब ६१ करोड ५५ लाख १ हजार रुपैयाँ बराबरको सेयर माग भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हरेक सार्वजिनक निष्काशनमा आवेदकको संख्यामा इतिहास कायम हुने गरेकामा मनकामना स्मार्टले त्यो लय कायम राख्न सकेन । यसअघि जीवन विकास लघुवित्तको आईपीओमा २० लाख ५९ हजार जनाले आवेदन दिएका थिए ।

मनकामना स्मार्टको आईपीओ माग गर्नेको संख्या बाँडफाँड हुँदा पाउनेभन्दा ५१ गुणा बढी हो । अर्थात् हरेक ५१ जना आवेदकमध्ये १ जनालाई लघुवित्तको आईपीओ पर्नेछ ।

कम्पनीको ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ बिक्री खुला भएको हो । ३ लाख ८९ हजारमध्ये ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीका लागि, १९ हजार ४ सय ५० कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी ३ लाख ६३ हजार ४ सय ९२ कित्ता सर्वसाधारले आवेदन दिएका थिए ।
कम्पनीको आईपीओ १०-१० कित्ताका दरले ३६ हजार ३ सय ४७ जनाले पाउनेछन् भने २ जनाले ११-११ कित्ता पाउनेछन् ।

कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी आईआर डबल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्छ ।

आईपीओ विक्रीका लागि कम्पनीले असार ६ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल हो ।

चुक्तापूँजी ८ करोड २२ लाख ५० हजार रूपैयाँ छ । आईपीओ बिक्री पश्चात कम्पनीको चुक्तापूँजी १२ करोड ११ लाख ५० हजार कायम हुनेछ ।

गत आर्थिक वर्ष कम्पनीको प्रतिसेयर आम्दानी ६ दशमलव ८५ र प्रतिशेयर नेटवर्थ ११० दशमलव ८४ छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्