काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.५३ अंकले बढेर २६५३.३८ को बिन्दुमा पुगेर बजार बन्द भएको हो । बुधबार ३०५ कम्पनीको १ अर्ब ५५ हजार २ हजार कित्ता बढी सेयर किनबेच भएको छ ।
बुधबार २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज समृद्धि फाइनान्स र सिन्धु विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । समृद्धि फाइनान्सको सेयर मूल्य प्रतिकित्ता ६४.४० रुपैयाँले बढेर ७ सय ८ रुपैयाँ पुगेको छ भने सिन्धु विकास बैंकको सेयर मूल्य प्रतिकित्ता ९५.३० रुपैयाँले बढेर १ हजार ४९ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्