Shikhar Insurance
National Life

महाप्रबन्धक पौडेल भन्छन्ः पहिला पुँजी थपौं, अनि मात्र कम्पनी मोडलमा जाऔं

सिंहदरबार संवाददाता
२०७८ असार २१, सोमबार १४:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल ‘प्रकाश’ले निगमको पुँजी थप नगरी कम्पनी मोलमा जान नहुने बताएका छन् । निगम निजीकरणको विषय उठीरहेका बेला पौडेलले कम्पनी मोडल उपयुक्त भएपनि अहिलेको स्थितिमा कम्पनी बनाउनु नहुने दाबी गरेका हुन् ।

“अहिलेको जस्तो न्युन पुँजी र अत्याधिक कर्जा लिएर कुनै पनि हातलमा कम्पनी मोडलमा जानु हुँदैन,” उनले भनेका छन्, “पहिला कर्जा तिर्नुपर्छ, सम्पती थप गर्नु पर्छ, प्रयाप्त सेयर पुँजी बनाउनु पर्छ, रणनैतिक योजना बनाउनु पर्छ । अनिमात्र कम्पनी मोडलमा जानुपर्छ ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

सरकारले बजेट मार्फत नेपाल वायुसेवा निगमको संगठन सुधार गर्ने उल्लेख गरेको थियो । जसअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न विकल्प अध्ययन गर्ने क्रममा एक उपसमितिले कम्पनी मोडलमा सन्चालन गर्नुपर्ने अवस्थामा प्रयोग हुने प्रबन्धपत्र नियमावलीको ढांचा तयार गरी मन्त्रालयले बुझाएको थियो । निगमको सञ्चालक समितिले एक उपसमिती तयार गरी सो उपसमितीले तयार गरेको रणनैतिक साझेदार सहितको ढाँचा मन्त्रालयमा पेश गरेको हो ।

पौडेलका अनुसार यो प्रतिवेदन कम्पनी मोडलमा लैजाने निर्णय पनि होईन र यो निगम निजीकरण गर्ने निर्णय पनि होईन । उनले भनेका छन्, “सञ्चालक समितिले पनि कुनै निर्णय गरेको पनि छैन । सञ्चालक समितिका निर्णयहरु जहिले पनि नेपाल सरकारको निर्णयको अधिनस्त हुनेहुनाले नेपाल सरकारको निर्णय नै निगमको लागि सर्वमान्य हुन्छन् ।”

पौडेलले आफ्नो व्यक्तिगत धारणा प्रस्तुत गर्दै भनेका छन्, “निगम अहिले जुन अवस्थाबाट गुज्रेको छ यसरी यही तरिकाबाट कुनै पनि हालतमा चल्न सक्दैन, धेरै विकल्पहरु मध्ये कम्पनी मोडल संसारमा अहिलेसम्मको प्रचलित मोडल हो । तर, यति धेरै दायित्व माझ कम्पनी बनाउन हुँदैन ।” उनका अनुसार नेपाली श्रम सिप र योग्यताको विकासको लागि सुरुका केही वर्षमा विदेशी ख्यातीप्राप्त वायुसेवा कम्पनीसँग रणनैतिक साझेदारी गरिनु पर्छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्