Shikhar Insurance
National Life

कर्णाली डेभलपमेन्ट बैंकको ‘डीडीए’ सुचना, कस्ताे आउला त परिणाम ?

सिंहदरबार संवाददाता
२०८१ पुष २४, बुधबार ११:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेर व्यवस्थापन आफ्नो हातमा लिएको कर्णाली डेभलपमेन्ट बैंकको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) को प्रकृया अगाडि बढाएको छ । नेपाल राष्ट्र बैंकले गठन गरेको व्यवस्थापन समितिले आज (बुधबार) सूचना जारी गर्दै इच्छुक चार्टर्ड एकाउन्टेन्ट कम्पनीबाट माघ १० गतेसम्म शिलबन्दी रुपमा दरभाउ सहितको प्रस्ताव आव्हान गरेको हो ।

इच्छुक कम्पनीहरुले यो सूचना प्रकाशन भएको १५ दिनभित्र अर्थात (माघ १० गते) सम्म नेपालगञ्जस्थित कर्णाली डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालयमा दरभाउ पेश गर्नुपर्ने छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आर्थिक सुशासन कायम नभएको तथा खराब कर्जा ४० प्रतिशत माथि पुगेको भन्दै राष्ट्र बैंकले पुष १० गते बैंकलाई समस्याग्रस्त घोषणा गरेको थियो ।

राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले राष्ट्र बैंक ऐन २०५८ को दफा ८६ (ख) बमोजिम समस्याग्रस्त घोषणा गर्दै कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापन नियन्त्रणमा लिएको थियो ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्