Shikhar Insurance
National Life

नेपाल वायुसेवा निगम दिनप्रतिदिन थप कमजोर हुँदै गएको छ : पर्यटनमन्त्री पाण्डे

सिंहदरबार संवाददाता
२०८१ पुष २३, मंगलवार १७:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाल वायुसेवा निगम दिनप्रतिदिन कमजोर हुँदै गएको बताए । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकमा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

उनले नेपालको एक मात्रै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम भएपनि राम्रो हवाई उडानमा क्षमता देखाउन नसकेको भन्दै असन्तुष्टि जनाए । उनले भने ‘निगमले भएका वाइडबडी र न्यारोवडी समेत सञ्चालन गर्न नसक्नु असक्षमता भएको संकेत गरे । मन्त्री पाण्डेले राष्ट्रिय ध्वजावाहकले नेपालको हवाई उडानलाई बिस्तार र हवाई टिकट सर्वसुलभ (सस्तो) बनाउनुपर्ने भुमिकामा समेत हस्तक्षेप गर्न नसकेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले हवाई भाडा नियन्त्रण र नियमन समेत नेपाल वायुसेवा निगमले गर्न नसकेको जानकारी दिए ।

उनले सरकारले पटक–पटक नेपाल एयरलाइन्ससँग निगमलाई बलियो बनाउने विषयमा छलफल गरेको बताए । उनले निगममा रहेका जहाज खरिद गर्दादेखि विभिन्न विवादहरु र वायुसेवा निगम सञ्चालन गर्ने मोडालिटी र टिकट विक्री वितरणमा समेत पारदर्शिता देखाउनुपर्ने विषयको खोजिमा लागेको बताए ।उनले पछिल्लो पटक मन्त्रालयले वायुसेवा निगमलाई सुधारको कार्ययोजना प्रश्तुत गर्न एक महिनाको समय दिएको बताए । उनले सुधारको योजना हेरेर निगमको नेतृत्वले सुधार प्रश्तुत गर्न समेत भनिएको उल्लेख गरे ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्