Shikhar Insurance
National Life

सामान्य अंकले बढ्याे सेयर बजार, कारोबार ५ अर्ब ३८ करोड बढी

सिंहदरबार संवाददाता
२०८१ पुष २३, मंगलवार १५:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.१६ अंकले बढेर २६४६.८४ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

मंगलबार ३०५ कम्पनीको १ अर्ब २० हजार ८१ हजार कित्ता बढी सेयर किनबेच हुँदा ५ अर्ब ३८ करोड ४६ लाख ७२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंगलबार १२६ कम्पनीको सेयर मूल्य बढ्दा १०७ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको सेयर मल्य स्थिर रहेको छ ।

मंगलबार सिन्धु विकास बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १६ करोड ९२ लाख रुपैयाँ बढी संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ९ हजार ५३ रुपैयाँ रहेको छ ।

मंगलबार ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किटट लागेको छ भने २ कम्पनीको सयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्