काठमाडौं । ङादी ग्रुप पावरले आज (पुस २३ गते) देखि हकप्रद सेयर निष्कास तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो ।
कम्पनीले १ अर्ब ८५ करोड १२ लाख ७९ हजारको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ८५ लाख १२ हजार ७१२.२२५ कित्ता हकप्रद सेयर जारी गरेको हो ।
हकप्रद निष्कासनपश्चात् कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ ।
हकप्रद सेयर निष्कासन प्रयोजनार्थ कम्पनीले मंसिर १८ गते बुकक्लोज गरेको थियो । मंसिर १७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा कारोबार भइ कायम सेयरधनीहरूले हकप्रद सेयरमा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताहरूले माघ १४ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।
लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सिद्धार्थ बैंकको विराटनगर, विरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्