काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४९.१२ अंकले बढेर २६४०.६८ मा पुगेको छ ।
सोमबार ३१२ कम्पनीको १ करोड ५४ लाख ६१ हजार २ सय ६४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३० करोड ५४ लाख ३१ हजार बढीको कारोबार भएको छ ।
त्यस्तै, आज सेयर बजार दोहोरो अंकले घटेपनि दुई कम्पनीको सेयरमा भने नकरात्मक सर्किट लागेको छ । सोमबार उपकार लघुवित्त र सामुदायिक लघुवित्तको सेयरमा नकरात्मक सर्किट लागेको छ ।
त्यस्तै, आज एसबीआई डिवेन्चरको ३.५८ प्रतिशत, एनआइसी एशिया ऋणपत्रको ३.०५ प्रतिशत, ग्लोेबल आइएमई व्यालेन्स फण्डको २.९६ प्रतिशत सहित ४१ कम्पनीको सेयर मूल्य घटेको छ ।
प्रतिक्रिया दिनुहोस्