Shikhar Insurance
National Life

४९.१२ अंकले बढ्यो सेयर बजार, कारोबार रकम ६ अर्ब ३० करोड

सिंहदरबार संवाददाता
२०८१ पुष २२, सोमबार १५:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक ४९.१२ अंकले बढेर २६४०.६८ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

सोमबार सबै उपसूचकहरु हरीयाली रहेका छन् । सोमबार ३१२ कम्पनीको १ अर्ब ५४ हजार ६१ सय २ सय ६४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३० करोड ५४ लाख ३१ हजार ८ सय ५४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोमबार २२६ कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको सेयर मल्य स्थिर रहेको छ ।

सोमबार एनआएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको सर्वाधिक कारोबरा भएको छ । कम्पनीको २९ करोड ९ लाख रुपैयाँ बढी संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता १ हजार ९० रुपैयाँ रहेको छ ।

सोमबार आत्मनिर्भर लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज सुपर मादी हाइड्रोपावरको ९.७० प्रतिशत, साहस ऊर्जाको ८.७१ प्रतिशत, माया खोला हाइड्रोपावरको ८.५९ प्रतिशत सहित २५८ कम्पनीको सेयर बढेको छ ।

साथै, आज उपकार लघुवित्त र सामुदायिक लघुवित्तको सेयरमा नकारात्मक सर्किट लागेको छ भने एसबीआई डिवेन्चरको ३.५८ प्रतिशत, एनआइसी एशिया ऋणपत्रको ३.०५ प्रतिशत, ग्लोेबल आइएमई व्यालेन्स फण्डको २.९६ प्रतिशत सहित ४१ कम्पनीको सेयर मूल्य घटेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्