काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४९.१२ अंकले बढेर २६४०.६८ मा पुगेको छ ।
सोमबार ३१२ कम्पनीको १ करोड ५४ लाख ६१ हजार २ सय ६४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३० करोड ५४ लाख ३१ हजार बढीको कारोबार भएको छ ।
सोमबार आत्मनिर्भर लघुवित्तको सेयरमा सकरात्मक सर्किट लागेको छ । त्यस्तै, आज सुपर मादी हाइड्रोपावरको ९.७० प्रतिशत, साहस ऊर्जाको ८.७१ प्रतिशत, माया खोला हाइड्रोपावरको ८.५९ प्रतिशत सहित २५८ कम्पनीको सेयर बढेको छ ।
प्रतिक्रिया दिनुहोस्